मेन्छयायेम गाउँपालिका, कोशी प्रदेश स्थित तेह्रथुम जिल्लाको उत्तर पूर्वी गाउँपालिका हो । यो गाउँपालिकाको क्षेत्रफल ७०.०९ वर्ग कि. मि. मा फैलिएको छ । दुर्गम तर मनोरम धरातलीय बनोट, उच्च भू-भाग, खोला नाला र समथल बेसी र लालीगुराँसको घना जंगलले यस गाउँपालिकाको पर्यटकीय आकर्षण उत्तिकै बढेको पाइन्छ । यो गाउँपालिका इतिहासमा पनि प्रसिद्ध रहेको किम्बदन्तीको भनाइ छ । प्राचीन समयमा तेनाहाङ राजाको दरबार, प्रसिद्ध धार्मिक स्थल गौखुरी धाम, मेन्छयायेम डाँडालगायत ऐतिहासिक तथा धार्मिक स्थलले यस गाउँपालिकाको परिचयलाई थप फराकिलो बनाएको छ ।
यस गाउँपालिका अन्तर्गत ५ वडा मा ३ वटा स्वास्थ्य संस्था रहेका छन् ।
गाउँपालिकामा रहेको स्वास्थ्य शाखाको कर्मचारी विवरण
|
नाम |
पद |
सम्पर्क नं. |
|
विशाल गौतम |
स्वास्थ्य संयोजक |
९८४४६६४७१८ |
|
उमेश बुढाथोकी |
जनस्वास्थ्य अधिकृत |
९७६२३७१५७५ |