कोशी प्रदेश, तेह्रथुम जिल्लाको पश्चिममा अवस्थित संखुवासभा र धनकुटा जिल्लाको संगम स्थलमा रहेको प्राकृतिक तथा भौगोलिक अवस्थितिको दृष्टिले अति रमणीय पर्यटकीय स्थलको रुपमा परिचित साविकका बसन्तपुर, फुलेक, सोल्मा, सुङ्गनाम र दांगपा गा.वि.स. मिलाई नेपाल सरकारबाट मिति २०७२ असोज १ गते घोषणा भए अनुसार यस लालीगुराँस नगरपालिकाको सञ्चालन र व्यवस्थित गरिएको छ । यो नगरपालिका मध्य पहाडी लोक मार्ग र कोशी राजमार्गको संगम स्थल हुनुका साथै नेपाल सरकारबाट घोषित मध्य पहाडी लोक मार्ग अन्तरर्गतका १० वटा नयां शहर मध्येको एक शहर हो तथा संखुवासभा, ताप्लेजुङ्ग, तेह्रथुम जिल्लाको तराई संगको प्रवेशद्धार हो । लालीगुराँस नगरपालिका नेपालको पूर्व क्षेत्र तथा कोशी प्रदेश अन्तरगत तेह्रथुम जिल्लाको पश्चिम क्षेत्रमा पर्दछ । ।क्षेत्रफलको हिसावले यस नगरपालिका ९०.२७ वर्ग किलोमिटर ओगटेको छ । यो नगरपालिका लगभग पूर्व पश्चिम १२.०४ किलोमिटर र उत्तर दक्षिण १२.०६ किलोमिटर रहेको देखिन्छ । यो नगरपालिका समुन्द्र सतह देखि ५६०-३०६५ मिटर सम्मको उचाईमा रहेको छ ।
यस नगरपालिका अन्तर्गत ९ वडा र १२ वटा स्वास्थ्य संस्था रहेका छन् ।
नगरपालिकामा रहेको स्वास्थ्य शाखा को कर्मचारी विवरण :
|
नाम |
पद |
सम्पर्क नं |
|---|---|---|
|
शत्रुघन प्रसाद साह |
स्वास्थ्य संयोजक |
९८४२५८९४५५ |
|
रितिका लिम्बु |
स्टाफ नर्स |
९८१०४०६३४३ |