स्वास्थ्य कार्यालय तेह्रथुमद्धरा श्रावण २६ गते कार्यालय प्रमुख श्री विनय ज्ञवालीको अध्यक्षतमा श्रावण डेङ्गी सचेतना महिना अन्तर्गत डेङ्गी तथा अन्य किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहु क्षत्रीय समन्वय, जनचेतनामुलक कार्यक्रम र लामखुट्टेको बासिस्थान तथा लार्भा खोजि गरी “खोज र नस्ट गर” ( Search and Destroy ) आभियान संचालन गरियो |

Government of Nepal

 स्वास्थ्य कार्यालय  तेह्रथुमद्वारा श्रावण २६ गते कार्यालय प्रमुख श्री विनय ज्ञवालीको अध्यक्षतमा श्रावण डेङ्गी सचेतना महिना अन्तर्गत डेङ्गी तथा अन्य किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि बहु क्षत्रीय समन्वय, जनचेतनामुलक कार्यक्रम र लामखुट्टेको बासस्थान तथा लार्भा खोजि गरी “खोज र नस्ट गर” ( Search and Destroy ) आभियान संचालन गरियो |

श्रावण डेङ्गी सचेतना महिनाको अवसरमा डेङ्गी तथा अन्य किटजन्य रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय तेह्रथुमको आयोजनामा बहुक्षेत्रीय समन्वय तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरियो। स्वास्थ्य कार्यालय तेह्रथुमका कार्यालय प्रमुख श्री विनय ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, तेह्रथुम तथा सशस्त्र प्रहरी बल, तेह्रथुमसँग सहकार्य तथा समन्वय गरिएको थियो।

कार्यक्रमको मुख्य उद्देश्य डेङ्गी तथा अन्य किटजन्य रोगहरूको जोखिम, संक्रमणबाट बच्ने उपाय, लामखुट्टेको प्रजननस्थलको व्यवस्थापन तथा समुदायमा रोग रोकथामसम्बन्धी व्यवहार परिवर्तनका लागि जनचेतना अभिवृद्धि गर्नु रहेको थियो। कार्यक्रममा सहभागीहरूलाई डेङ्गी रोगको कारण, लक्षण, संक्रमणको माध्यम, जोखिमयुक्त स्थान तथा व्यक्तिगत एवं वातावरणीय रूपमा अपनाउनुपर्ने सावधानीका विषयमा जानकारी प्रदान गरियो।