जिल्लाका सम्पूर्ण पालिकाहरुमा सन्चालन भैइरहेको ६ देखि ५९ महिना सम्मको बालबालिकाहरुको पोषण लेखाजोखा अभियान २०८३
“समयमै पहिचान, सही उपचार — कुपोषण मुक्त पुस्ताको आधार” मूल नाराका साथ (बैशाख १५ देखि ३० गतेसम्म) देशभर 'राष्ट्रिय पोषण लेखाजोखा अभियान' सुरु हुँदैछ।
यस अभियानको मुख्य उद्देश्य ६–५९ महिनाका बालबालिकामा पोषण लेखाजोखा मार्फत शीघ्र कुपोषण (SAM र MAM) को समयमै पहिचान गरी आवश्यक उपचार सेवा सुनिश्चित गर्नु हो। साथै स्थानीय तह, जिल्ला, तथा प्रदेश स्तरमा कुपोषणको वास्तविक जोखिम (उच्च, मध्यम तथा न्यून) वर्गीकरण गरी लक्षित कार्यक्रम (Targeted Interventions) तर्जुमा गर्न आवश्यक आधार तयार गर्नु पनि हो।
अभियानका मुख्य जानकारीहरू:
लक्षित समूह: ६–५९ महिनाका बालबालिका
अवधि: बैशाख १५ देखि ३० गतेसम्म
कार्य क्षेत्र: सबै स्थानीय तह
लेखाजोखा गरिने स्थानहरू:
स्वास्थ्य संस्था र खोप केन्द्रहरू।
सामुदायिक क्लिनिक, वडा कार्यालय र सामुदायिक भवनहरू।
अन्तमा, सम्पूर्ण अभिभावकहरूलाई विशेष अनुरोध:
"बैशाख १५–३० भित्र स्वास्थ्यकर्मीहरू तपाईंको समुदाय र टोलमा आउँदा आफ्ना बालबालिकाको पोषण जाँच अनिवार्य गराउनुहोस्।"
हामी सबैको साझा प्रयासले मात्र कुपोषण मुक्त पुस्ता निर्माण सम्भव छ! सबैको साथ र सहयोगको अपेक्षा गर्दछौं । 